२१ बैशाख २०८१, शुक्रबार

सर्भरमा ह्याकरको कुनै आक्रमण नभएको टेलिकमको दाबी तर प्राविधिक भन्छन्,‘पुरानो सर्भरमा भएकै हो’

प्रकाशित मिति :  16 July, 2021 11:32 am


काठमाडौं । नेपाल टेलिकमले सर्भरमा ह्याकर समूहद्वारा आक्रमण सर्भरमा नगरिएको र डाटा चोरी नभएको दाबी गरेको छ ।

“कम्पनीका सम्बन्धित विज्ञहरुबाट विस्तृत छानविन पश्चात कम्पनीको कुनै पनि डाटा चोरी नभएको र समाचारहरुमा उल्लेख गरिएको दाबीमा कुनै पनि सत्यता नरहेको निष्कर्ष निकालिएको वास्तविकता ग्राहकवर्गमा जानकारी गराउन चाहन्छौं,” टेलिकमले भनेको छ ।

यद्यपि, नेपाल टेलिकमकै प्राविधिकहरूले भने पुरानो सर्भरमा आक्रमण भएको बताएका छन् ।

“सीडीएमए सेवाको पुरानो प्यासिभ सर्भरमा आक्रमण भए पनि डेटा भने चोरिएको देखिएन,” छानबिनमा संलग्न टेलिकमका एक अधिकारीले भने, “मार्केटिङको एउटा कम्प्युटरमा मालवेयर आक्रमण भएको देखिएको छ ।”

मालवेयर आक्रमणका विषय उनले यो सामान्य चुक भएको स्वीकार गरे ।

“टेलिकमका सबै प्रणालीमा बलियो फायरवाल प्रणाली छ, त्यसका बाबजुद एउटा कुनै कम्प्युटरमा मालवेयर आक्रमण भएको देखियो, जसमा धेरै डेटा सं‍ग्रहित छैनन,” उनले भने, “ग्राहकको कल विवरण डार्कवेभमा राखिएको भनेर जुन कुरा आयो, त्यो नेपाल टेलिकमको भने होइन ।”

टेलिकमले ग्राहकसँग सम्बन्धित डाटा सुरक्षित राख्न नेपाल टेलिकमले विभिन्न सुरक्षात्मक संयन्त्रहरु अपनाउँदै आइरहेको बताएको छ ।

सम्बन्धित समाचार

चिनियाँ समूहद्वारा टेलिकमको सर्भर ह्याक, दुई करोड ग्राहकको विवरण जोखिममा



प्रतिक्रिया दिनुहोस !