१२ श्रावण २०८१, शनिबार

अब समृद्धि फाइनान्सको खाता अनलाइनबाटै खोल्न सकिने

प्रकाशित मिति :  16 July, 2021 6:14 pm


काठमाडौं । समृद्धि फाइनान्सले शुक्रवार आजदेखि नेपालको जुनसुकै ठाउँबाट अब सजिलैसँग अनलाइन खाता खोल्ने सुविधा ल्याएको छ ।

कम्पनीले कोरोना भाइरस (कोभिड-१९) लागेका ग्राहकहरुका लागि उपचारमा सहयोग पुर्‍याउन कोभिड रिलिफ ऋण प्रदान गर्ने व्यवस्था गरिएको जनाएको छ ।

ग्राहकले अनलाइनबाट जुनसुकै ठाउँबाट समृद्धि फाइनान्समा खाता खोल्न सक्नेछन् । कम्पनीले संस्थाका नयाँ तथा पुराना ग्राहकहरुको उपचार तथा हस्पिटलको बिल भुक्तानी गर्नका लागि “गाह्रो साह्रोमा सहयोग गर्न छँदैछ नि समृद्धि फाइनान्स” भन्ने मुलनाराका साथ ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको कोभिड रिलिफ लोन समेत उपलब्ध गराउने भएको छ ।

नेपाल राष्ट्र बैंकबाट ग वर्गको इजाजतपत्रप्राप्त राष्ट्रिय स्तरको उक्त कम्पनीले हाल पाँच ओटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ । कम्पनीले आगामीदिनमा थप नयाँ शाखाहरु सञ्चालनमा ल्याउने योजना रहेको बताएको छ ।

कम्पनीले आईपीएस, कनेक्टआईपीएस, रेमिट्यान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीटकार्ड, क्यूआर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !