२६ बैशाख २०८१, बुधबार

नेपाल टेलिकमले ल्यायो समर अफर, यस्ता छन् नयाँ प्याकेज

प्रकाशित मिति :  18 July, 2021 2:24 pm


काठमाडौँ । नेपाल टेलिकमले ग्राहकहरुको सुविधालाई मध्यनजर गरी उपलब्ध गराइरहेको विभिन्न प्याकेज सहितको अफरलाई परिमार्जन गरी समर अफर अन्तर्गत थप सुविधा ल्याएको छ । कम्पनीले पहिलेदेखि उपलब्ध गराइरहेको अधिकांश प्याकेजलाई निरन्तरता दिदै यो सुविधा ल्याएको हो ।

टेलिकमको नयाँ सुविधा अन्तर्गत अब प्रतिदिन ५५ रुपैयाँमा २ जीबी डाटा प्रयोग गर्न सकिने छ । त्यस्तै, लकडाउन अफरको रुपमा उपलब्ध प्रतिदिन बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म रु। ३९ मा उपलब्ध हुने १ एमबीपीएस डे टाइम अनलिमिटेड अफरलाई निरन्तरता दिइएको छ । लकडाउन अफर अन्तर्गतको ‘बोनस अन रिचार्ज’ अफरलाई भने हटाइएको छ ।

नेपाल टेलिकमले सञ्चालनमा ल्याएको भीओएलटीईसेवा प्रयोग गर्न चाहने ग्राहकका लागि एक पटकका लागि उपलब्ध हुने १०० मिनेट निःशुल्क भ्वाइस कल सुविधालाई यथावत गरी उक्त सुविधा २८ दिनभित्र प्रयोग गर्न सकिनेछ ।

कम्पनीले उपलब्ध गराइरहेको कर्पोरेट युजर ग्रुप (सीयूजी) अफरलाई पनि थप आकर्षक बनाइएको छ । कम्पनीले पहिलेदेखि नै उपलब्ध गराइरहेको प्रिपेडतर्फ २०० र पोस्टपेडतर्फ ५०० रुपैयाँको प्याकेजमा उपलब्ध हुने डाटा भोल्युम थप गरिएको छ । अब प्रिपेडमा २०० रुपैयाँको प्याकेज अन्तर्गत सो ग्रुपमा पहिलेदेखि नै उपलब्ध अनलिमिटेड कल, १०० मिनेट अन नेट र १० मिनेट अफ नेट भ्वाइस तथा ५० वटा अन नेट एसएमएस सुविधाका साथै जुनसुकै समय प्रयोग गर्न सकिने १ जीबी डाटासमेत उपलब्ध हुनेछ ।

त्यसैगरी सीयूजी ५०० पोस्टपेड अन्तर्गत पहिलेदेखि नै उपलब्ध अनलिमिटेड कल, ५०० मिनेट अन नेट र ५० मिनेट अफ नेट भ्वाइस तथा १०० वटा अन नेट एसएमएस र ३० वटा अफ नेट एसएमएस सुविधाका साथै जुनसुकै समय प्रयोग गर्न सकिने ५ जीबी डाटासमेत उपलब्ध हुनेछ ।

नेपाल टेलिकमले हाल प्रयोगमा रहेका सीडीएमए सेवाका प्रयोगकर्ताहरुलाई जीएसएम नेटवर्कमा रुपान्तरण गर्ने योजना अन्तर्गत सीडीएमए प्रिपेड र सीडीएमए पोस्टपेड प्रयोगकर्ताका लागि निःशुल्क सिमका साथै निःशुल्क भ्वाइस, निःशुल्क डाटा प्याकेज र निःशुल्क एसएमएस सुविधा उपलब्ध गराउने भएको छ । यसका लागि सीडीएमए प्रयोगकर्ताले नजिकको नेपाल टेलिकमको कार्यालयमा गएर आफ्नो पुरानो रिमकार्ड बुझाउनु पर्नेछ ।

सीडीएमए मोबाइलका लागि नयाँ जिएसएम नम्बर उपलब्ध गराइने छ । यसैगरी सीडीएमए फिक्स्डका लागि नयाँ जीएसएम पोस्टपेड नम्बर उपलब्ध गराइने छ ।

सीडीएमए प्रिपेडबाट जिएसएम प्रिपेडमा रुपान्तरण भएका मोबाइल ग्राहकहरुले ६ महिनासम्म निःशुल्क रुपमा मासिक ३०० मिनेट अन नेट भ्वाइस कल गर्न, ४ जीबी डाटा चलाउन र ३०० वटा अन नेट एसएमएस पठाउन सक्नेछन् ।

त्यसैगरी जिएसएम पोस्टपेड मोबाइलमा रुपान्तरण हुने ग्राहकले निशुल्क रुपमा मासिक ४०० मिनेट अन नेट र ५० मिनेट अफ नेट भ्वाइस कल गर्न, ६ जीबी डाटा चलाउन र २०० वटा अन नेट एसएमएस गर्न सक्नेछन् ।

समर अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *१४१५# डायल गर्नुपर्ने छ ।



प्रतिक्रिया दिनुहोस !