१२ श्रावण २०८१, शनिबार

पूर्व सांसद कार्कीको निधन

प्रकाशित मिति :  26 January, 2020 11:47 am


काठमाडौं, १२ माघ । पूर्व सांसद तथा नेपाली कांग्रेस पाल्पाका पूर्वजिल्ला सभापति   गम्भीरजंग कार्कीको ७६ वर्षको उमेरमा निधन भएको छ।

मिर्गौला रोगबाट पीडित उनको आइतबार बिहान उपचारका क्रममा काठमाडौँस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको नेपाली कांग्रेस पाल्पाका सचिव झपिन्द्र गैरेले जानकारी दिए।

उनले मिर्गौलाको डायलायसिस गराउँदै आएका थिए।

पाल्पाको रम्भा गाउँपालिका–५ ताहूँमा विसं २००० मा जन्मिएका उनी विसं २०४८ मा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

विसं २०५१ देखि २०५६ सम्म उनले कांग्रेस पाल्पाको जिल्ला सभापतिको जिम्मेवारी वहन गरेका थिए।



प्रतिक्रिया दिनुहोस !