२३ श्रावण २०७९, सोमबार

पछिल्लो २४ घण्टामा देशभर १८०१ कोरोना संक्रमित थपिए, २३ जनाको मृत्यु

प्रकाशित मिति :  18 July, 2021 5:38 pm


काठमाडौं ।  पछिल्लो २४ घण्टामा देशभर १८०१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधीबाट ६हजार ६२८ र एन्टीजेन विधीबाट ३ हजार नमुना परीक्षण गर्दा १८०१ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयको सार्वजनिक गरेको तथ्यांकअनुसार आइतबार देशैभरको प्रयोगशालाहरुमा पीसीआर र एन्टीजेन गरी ९ हजार ६२८ स्वावको नमुना परीक्षण गरिएको थियो ।

यस्तै पछिल्लो २४ घण्टामा १६ सय ६७ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट मुक्त भएर जानेको दर ९४. ७ प्रतिशत रहेको छ ।

भने २३ जनाको कोभिडको कारण ज्यान गएको छ । हालसम्म कोभिडको कारण ९ हजार ५५० जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !