१२ श्रावण २०८१, शनिबार

सभामुखको उम्मेदवार बनेका सापकोटा विरुद्व परेको रिट हेर्न नमिल्ने सूचीमा, निर्वाचित हुने बाटो खुला

प्रकाशित मिति :  26 January, 2020 12:11 pm


काठमाडौं, १२ माघ । सत्तारुढ नेकपाको तर्फबाट सभामुखको उम्मेदवार बनेका अग्निप्रसाद सापकोटा विरुद्व परेको रिट हेर्न नमिल्ने सूचीमा परेको छ । योसँगै सापकोटालाई सभामुख पदमा निर्वाचित हुने बाटो खुलेको छ ।

दिउँसो बस्ने प्रतिनिधिसभा बैठकमा सापकोटा सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा हुनेछ ।

सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलको इजलासमा परेको  रिटको सुनुवा न्यायाधीश फुयाँलले कानुन व्यवसायी हुँदा सापकोटाविरुद्धकै मुद्दामा बहस गरेकाले हेर्न नमिल्ने सूचीमा परेको हो ।

अधिवक्ता दिनेश त्रिपाठीले सापकोटालाई सभामुख घोषणा नगर्न माग गर्दै शुक्रबार सर्वोच्चमा रिट दायर गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !