१२ श्रावण २०८१, शनिबार

प्रतिनिधिसभाको सभामुखमा अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित

प्रकाशित मिति :  26 January, 2020 5:37 pm


काठमाडौं, १२ माघ । प्रतिनिधिसभाको सभामुखमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित भएका छन्।

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले सापकोटालाई सभामुख बनाउन आइतबार संसद बैठकमा प्रस्ताव गरेका थिए। नेम्वाङको  प्रस्तावलाई नेकपाका देवप्रसाद गुरूङ, ओनसरी घर्ती र राजपाका लक्ष्मणलाल कर्णले समर्थन गरेका थिए ।

असोजदेखि रिक्त सभामुख पदमा सापकोटाको एकल उम्मेदवारी परेको थियो। तत्कालीन सभामुख कृष्णबहादुर महरा संसद सचिवालयकी एक कर्मचारीलाई जवरजस्ती करणी अभियोगमा थुनामा परेपछि सभामुख रिक्त थियो।

जेष्ठ सदस्यका रूपमा  संसद बैठकको अध्यक्षता गरेका
राजपा संसदीय दलका नेता महन्थ ठाकुरले सापकोटालाई निर्विरोध निर्वाचित भएको घोषणा गरे।

सत्तारुढ नेकपाको तर्फबाट सभामुखको उम्मेदवार बनेपछि  सापकोटा विरुद्व सर्वोच्च अदालमा रिट परेको थियो । तर, अाज परेको  पेशी‌ हेर्न नमिल्ने सूचीमा परेपछि सापकोटालाई सहज भयो ।

सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलको इजलासमा परेको  रिटको सुनुवा न्यायाधीश फुयाँलले कानुन व्यवसायी हुँदा सापकोटाविरुद्धकै मुद्दामा बहस गरेकाले हेर्न नमिल्ने सूचीमा परेको हो ।



प्रतिक्रिया दिनुहोस !