२८ श्रावण २०७९, शनिबार

पछिल्लो २४ घण्टामा देशभर २४४५ कोरोना संक्रमित थपिए, ३२ जनाको मृत्यु

प्रकाशित मिति :  19 July, 2021 4:58 pm


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २४ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् भने ३२ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,८३३ जनामा गरिएको पीसीआर परीक्षणमा १,६४२ जना र ३,८३१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०३ जना गरी २,४४५ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १२५८ रहेको छ ।



प्रतिक्रिया दिनुहोस !