१२ श्रावण २०८१, शनिबार

माघ १७ देखि ललितपुरमा चौथो प्रांगारिक कृषि मेला

प्रकाशित मिति :  26 January, 2020 7:21 pm


काठमाडौं, १२ माघ । माघ १७ देखि २० गतेसम्म ललितपुरको पाटन संग्राहलयमा चौथो प्राङ्गारिक कृषि मेला २०७६ आयोजना हुने भएको छ।

अर्गानिक एशोसिएशन नेपाल र कञ्चनजङ्घा टी स्टेट एण्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा मेला आयोजना गर्न लागिएको हो। अर्गानिक उत्पानलाई निर्यातमुखी बनाउन र अन्तर्राष्ट्रिय व्यवसायीहरुलाई समेत आकर्षित गर्न मेलाले सहयोग पु¥याउने विश्वास आयोजकको छ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मेला संयोजक शान्ता बाँस्कोटा कोइरालाले मेलामा कृषि उपाजहरु तथा कृषि तथा वाणिज्य, व्यापार सम्बन्धी प्रोजेक्टहरुका विषयमा जानकारी लिन सकिने बताइन्। उनले मेलामा ५० भन्दा बढी स्टलहरु रहने र एक करोड रुपैयाँ बराबरको कारोबार हुने लक्ष्य राखिएको बताइन्।

मेलाले उत्पादक र उपभोक्ता बीचको मूल्य अन्तरलाई कम गर्दै उपभोक्तालाई सुपथ मूल्यमा अर्गानिक वस्तुहरु उपलब्ध गराउने उद्देश्य राखेको छ। मेलाको उद्घाटन कुषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुषालले गर्ने संयोजक कोइरालाले बताइन्।



प्रतिक्रिया दिनुहोस !