२३ श्रावण २०७९, सोमबार

आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा कारोबार?

प्रकाशित मिति :  20 July, 2021 1:31 pm


काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि सुनको मूल्य बढेको छ ।

सुन चाँदी व्यवसाय महासंघका अनुसार सोमबार प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला ४ सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार २ सय रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घटेर १ हजार २८० रुपैयाँ कायम भएको छ ।



प्रतिक्रिया दिनुहोस !