१५ बैशाख २०८१, शनिबार

धर्तीका सबै भन्दा ठूला अर्बपति जेफ बेजोस अन्तरिक्षको सयर गर्न उड्न लागे

प्रकाशित मिति :  20 July, 2021 5:52 pm


काठमाडौ । धर्तीका सबै भन्दा ठूला अर्बपति जेफ बेजोस मंगलबार अन्तरिक्षको पहिलो पटक सयर गर्न थालेका छन् । यो महिना यसअघि बेलायती अर्बपति रिचार्ड ब्रान्सन पछि अन्तरिक्षको पहिलो यात्रा गर्न थालेका छन् ।

बेजोसले सन् २०००मा रकेट टेक्नोलोजिलाई व्यापारिक प्रयोजनको रूपमा विकास गर्ने योजना बनाएर ब्लु ओरिजिन स्थापना गरेका थिए ।

बेजोससँग उनका दाजुभाइ मार्क हुनेछन् ।८२ वर्षीय चालक र महिला वाली फन्क र १८ वर्षीय भौतिक शाास्त्रका विद्यार्थी ओलिभर डाएमेन सहभागी हुनेछन् । विद्यार्थी डाएमेनका पिताले यो कम्पनीमा उनका लाागि २ करोड ८० लाख अमेरिकी डलर बराबरको टिकट बापत भुक्तानी गरेका छन् ।

निर्धारित योजना अनुसार बेजोसको अन्तरिक्ष यान उड्ने हो भने ग्रिनविच समय १३००मा उड्ने छ । यो उडानका लागि लन्चपार्टीको आयोजना ११३० ग्रिनविच समयमा सुरु हुनेछ ।

बेजोसले यो अन्तरिक्ष यात्राका लागि जुनमा घोषणा गरेका थिए ।

यसका लागि सफल परीक्षण उडानहरू पनि सम्पन्न भएका छन् । पृथ्वी र अन्तरिक्ष बिचको सीमा समुद्र सतहतबाट १०० किलोमिटर माथि रहेको छ ।



प्रतिक्रिया दिनुहोस !