२३ श्रावण २०७९, सोमबार

तोलामा सात सय रुपैयाँले घट्यो सुनको मूल्य

प्रकाशित मिति :  21 July, 2021 12:05 pm


काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सुनको मूल्य घटेको छ ।

सुन चाँदी व्यवसाय महासंघका अनुसार मंगलबार प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला ७ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ भने तेजावी सूनको मूल्य ९२ हजार रुपैयाँ कायम भएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य  प्रतितोला २० रुपैयाँले घटेर १ हजार २६० रुपैयाँ कायम भएको छ ।



प्रतिक्रिया दिनुहोस !