५ जेष्ठ २०८१, शनिबार

सभामुख अग्नि सापकोटाले लिए शपथ

प्रकाशित मिति :  27 January, 2020 3:00 pm


१३ माघ, काठमाडौं ।
नवनिर्वाचित सभामुख अग्नि सापकोटाले सोमबार सभामुखको पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आइतबार प्रतिनिधिसभाबाट सभामुखमा निर्विरोध निर्वाचित भएका सापकोटालाई संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले सापकोटालाई राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

शपथ ग्रहणपछि सभामुख सापकोटाले सोमबार नै कार्यकक्षमा पुगेर कार्यभार सम्हालेका छन् ।

नवनिर्वाचित सभामुख सापकोटाले आफ्नो विरोधमा भइरहेको प्रदर्शनलाई लोकतन्त्रको अंगको रुपमा आफुले लिएको बताएका छन् ।

राष्ट्रपति निवास शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएसँगै संसद सचिवालयमा रहेको कार्यकक्षमा पदभार ग्रहण गरेपछि सभामुख सापकोटाले नागरिक समाजका तर्फबाट भएको प्रदर्शनबारे उनले भने, ‘लोकतन्त्रमा विरोध भइरहन्छ । यसलाई अन्यथा लिएको छैन ।’

हत्या अभियोगबारे सभामुख सापकोटाले भने, ‘यो विषय सर्वोच्च अदालतमा विचाराधिन छ, अदालतमा रहेको विषयमा नबोलौँ ।’



प्रतिक्रिया दिनुहोस !