२० बैशाख २०८१, बिहिबार

आइएमई पे र मल्पी इन्टरनेशनल कलेजबीच सम्झौता

प्रकाशित मिति :  21 July, 2021 12:53 pm


काठमाडौं । आइएमई पे मल्पी इन्टरनेशनल कलेजको डिजिटल पेमेन्ट पार्टनर भएको छ । आइएमई पे र मल्पी इन्टरनेशनल कलेजबीच सम्झौता भएको हो ।

अब मल्पी इन्टरनेशनल कलेजका विद्यार्थीहरूले आइएमई पे मा इन्टर्नसिपको अवसर पाउनेछन् ।

सेन्टर फर क्यारियर गाइडेन्स एण्ड पेलेसमेन्टको पहलमा सम्झौता भएको थियो ।

यूवा पुस्ताको सीप र क्षमतालाई डिजिटल उद्योगको विकास र विस्तारमा कसरी खपत गर्न सकिन्छ भन्ने विषयमा अन्य कलेजहरूसँग पनि छलफल गर्दै जाने योजना रहेको आइएमई पे का प्रमुख कार्यकारी अधिकृत विकास नाहाटाले बताए ।

पछिल्लो समय डिजीटल प्रविधि मानवीय जीवनको एक महत्वपुर्ण भाग बन्दै गएको छ ।



प्रतिक्रिया दिनुहोस !