२५ बैशाख २०८१, मंगलबार

मैलुङ खोला जलविद्युतले साउन १४ गतेदेखि आईपीओ निष्काशन गर्ने

प्रकाशित मिति :  21 July, 2021 1:40 pm


काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीले साउन १४ गतेदेखि साधारण सेयर आइपिओ निष्काशन था बिक्री खुल्ला गर्ने भएको छ ।
कम्पनीले सो दिनदेखि ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ७ लाख ३६ हजार २८६ कित्ता आइपिओ निष्कासन गर्ने भएको छ । जसमध्ये १४ हजार ७२६ कित्ता सेयर कर्मचारीहरुका लागि र ३६ हजार ८१४ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ भने बाँकी रहेको ६ लाख ८४ हजार ७४६ कित्ता सेयर सर्वसाधारणलाई छुट्टाएको छ ।

उक्त आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ता सेयरको लागि सर्वसाधारणले साउन १४ गतेदेखि साउन १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीले उक्त आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।



प्रतिक्रिया दिनुहोस !