१७ श्रावण २०७८, आईतवार

कोरोना विरुद्धको खोप ल्याउन नेपाल एयरलाइन्सले लगातार ३ उडान भर्ने

प्रकाशित मिति :  ६ श्रावण २०७८, बुधबार १४:३२


काठमाडौं । नेपाल एयरलाइन्सले कोरोना विरुद्धको खोप ल्याउन आज देखि चीनको राजधानी बेइजिङबाट लगातार तीन उडान भर्ने भएको छ ।

सरकारले चीनबाट खरीद गरेको दोस्रो खेप लिन वाइडवडी ए ३३९ जहाज आज साँझ जहाज बेइजिङ उड्दैछ । यो जहाज बिहीबार काठमाडौं अवतरण गर्नेछन् भने बिहीबार साँझ नै जहाज पुनः बेइजिङ जाने नेपाल वायुसेवा निगमले जनाएको छ ।

त्यस्तै बिहीबार उडेको जहाज शुक्रबार काठमाडौं आउने छ । अर्को उडान शनिबार साँझका लागि तोकिएको छ । सो जहाज आइतबार काठमाडौं आउने छ । उक्त जहाजले एक पटकमा ८ लाख भन्दा केही बढी खोप ल्याउन सक्छ ।

सरकारले ४० लाख डोज खोप चीनबाट किनेको छ भने चीनले थप १६ लाख डोज खोप अनुदानमा दिने बताएको छ ।



प्रतिक्रिया दिनुहोस !