१२ श्रावण २०८१, शनिबार

गायिका आस्था राउतलाई ४ दिन थुनामा राख्न अनुमति

प्रकाशित मिति :  27 January, 2020 5:25 pm


काठमाडौं, १३ माघ । गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका राउतलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई म्याद दिएको  हो ।
माघ १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी जवान रमिता श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोप राउतमाथि छ। श्रेष्ठले जाहेरी दिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले माघ ५ गते राउतविरूद्ध पक्राउ पूर्जी जारी गरेको थियो।

आफूमाथि दुर्व्यवहार गरेको भन्दै विमानस्थलमा कार्यरत महिला प्रहरीले जाहेरी दिएपछि राउतविरूद्ध पक्राउ पूर्जी जारी भएको थियो।

राउत आइतबार आफैं अभिभावकसँग महानगरीय प्रहरी परिसर पुगेकी थिइन्।



प्रतिक्रिया दिनुहोस !