१२ श्रावण २०८१, शनिबार

रोजगारका लागि दुबई गएका दाङका एक ब्यक्तिको मृत्यु

प्रकाशित मिति :  27 January, 2020 6:06 pm


दाङ, १३ माघ । रोजगारका लागि दुबई गएका दाङका एक ब्यक्तिको मृत्यु भएको छ ।

दाङ बबई गाउँपालिका वडा नं. ५ बबरपुर निवासी ३५बर्षीय सोमराज वलीको मृत्यु भएको हो ।

भवन निर्माणका क्रममा लडेर गम्भीर घाईते भएका वलीको उपचारको क्रममा आईतबार मृत्यु भएको हो ।

वली दुई बर्ष पहिले रोजगारको शिलसिलामा दुवै गएका थिए । मृतक वलीका श्रीमती खीमा वलीको गएको बैशाखमा रुखमा घाँस झार्न गएको बेला लडेर मेरुदण्ड भाचिएको छ । मृतक वलीका एक छोरा र एक छोरी रहेका छन ।



प्रतिक्रिया दिनुहोस !