१२ श्रावण २०८१, शनिबार

तनहुँमा चितुवाको आक्रमणमा एक बालकको मृत्यू

प्रकाशित मिति :  27 January, 2020 8:08 pm


तनहुँ,१३ माघ । तनहुँको बन्दीपुर गाउँपालिका-४ लोही पाखामा सोमबार साँझ चितुवाको आक्रमणमा परी एक बालकको ज्यान गएको छ । गाउँमा भएको भोज कार्यक्रममा सहभागि भई आमासंगै घर र्फकदै गरेका १० वर्षीय इसक सुनारलाई बाटोमा अचानक चितुवाले आक्रमण गरेको थियो ।

आमा पविता सुनारसंगै अन्य ३/४ जना बालबालिकाहरु गाउँमा भएको छेवोरको भोज खाएर घर तर्फफर्कने क्रममा बाटोमै चितुवाले आक्रमण गरेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी गराए ।

अध्यक्ष थापाका अनुसार आमाको अगाडि अन्य बालबालिकासंगै हिडेका इसकलाई चितुवाले आक्रमण गरी करिब ५० मिटर तल खोल्सामा फालेको र उनको घटनास्थलमै मृत्यु भएको हो ।



प्रतिक्रिया दिनुहोस !