१२ श्रावण २०८१, शनिबार

देशका विभिन्न स्थानमा वर्षा र हिमपात हुने

प्रकाशित मिति :  28 January, 2020 9:11 am


काठमाडौं,१४ माघ । अाजदेखि  तीन दिनसम्म पश्चिमदेखि पूर्वसम्म देशका विभिन्न स्थानमा वर्षा र हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

फेरि पानी पार्ने मौसमी प्रणाली प्रवेश गरेको भन्दै महाशाखाले नेपालमा यसको प्रभाव बिहीबारसम्म नै रहने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।

महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज दिउँसो पश्चिमी भेगका केही स्थान,  मध्य र पूर्वी क्षेत्रका १/२ ठाउँमा हल्का वर्षाको सम्भावना छ। साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान, पूर्वी र मध्य उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना छ।

यस्तै राति पनि पश्चिमी भूभागका केही स्थान र मध्य तथ पूर्वी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको उनले बताइन्। पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान र पूर्वी र मध्य उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना रहेको उनले बताइन्।



प्रतिक्रिया दिनुहोस !