३ जेष्ठ २०८१, बिहिबार

कांग्रेस महाधिवेशनको कार्यतालिका परिमार्जन

प्रकाशित मिति :  28 January, 2020 9:14 am


 

काठमाडौं,१४ माघ। सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच गत शुक्रबार सहमति भए पनि नेविसंघको विषयले झन् विवाद थपेको छ । सोमबार दिनभर कांग्रेस केन्द्रीय कार्यालयमा तनावपूर्ण वातावरण बन्यो भने विद्यार्थीबीच झडपसमेत भएको छ ।

गत बुधबार र शुक्रबार कांग्रेस शीर्ष नेताहरूबीच छलफल भएको थियो । ती छलफलमा सहमति भएपछि सोमबार केन्द्रीय कार्यसमिति बैठक बोलाइएको थियो । तर, नेविसंघको विवादले सोमबारको बैठक पनि प्रभावित बन्यो ।

दिउँसो १ बजे बोलाइएको बैठक साँझ मात्रै बस्न सक्यो । आधा घन्टा जति मात्रै बसेको बैठकले १४औँ महाधिवेशनको मूल मितिमा हेरफेर नहुने गरी प्रदेशसम्मको अधिवेशन मंसिर  भित्र गर्ने नयाँ कार्यतालिका पारित गरेको छ । त्यस्तै, बैठकले क्रियाशील सदस्यता छानबिनका लागि समेत समिति गठन गर्ने सैद्धान्तिक निर्णय गरेको छ ।

बैठकपछि नेता अर्जुननरसिंह केसीले थप कुराहरू २३ पुसमा बस्ने बैठकले निर्णय गर्ने बताए । गत ११ पुसमा बसेको बैठकले ७–१० फागुन ०७७ मा १४औँ महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । यसअघि सभापति देउवाले एकलौटी रूपमा महाधिवेशन कार्यतालिका बनाएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण सिटौला समूहका नेताले केन्द्रीय समिति बैठक नै बहिष्कार गर्दै आएका  नयाँ पत्रिका दैनिकमा समाचार छ ।



प्रतिक्रिया दिनुहोस !