२८ श्रावण २०७९, शनिबार

श्वेतपत्रबाट जिम्मेवारी लिँदाको अवस्था प्रस्तुत गर्ने चाहना मात्र

प्रकाशित मिति :  27 July, 2021 1:59 pm


फाइल फोटो

काठमाडौ । श्वेतपत्र जारी गर्नुको पछाडि आफूले जिम्मेवारी लिँदाको अवस्था जनतासमक्ष प्रस्तुत गर्ने चाहना मात्र भएको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् ।

देशको अर्थतन्त्रबारे जनतालाई जानकारी दिन्छु भन्दा अनावश्यक आतंक सिर्जना हुन पुगेको बताउँदै मन्त्री शर्माले श्वेतपत्र जारी गर्नु पछाडि अन्य कुनै उद्देश्य नरहेको बताए ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरूसँगको छलफलमा मन्त्री शर्माले कसैलाई आरोपित गर्न वा आफ्नो घमण्ड प्रस्तुत गर्न श्वेतपत्र ल्याउने कुरो मात्र गरेको बताए ।

श्वेतपत्रबाट कोही आतंकित हुन जरुरी नभएको पनि उनको भनाइ थियो ।

अर्थविदहरूले दिएको सुझाउ अनुसार आफूले पुँजीगत खर्च बढाउने प्रयास गर्ने बताउँदै मन्त्री शर्माले विकास निर्माणको कामलाई तीव्रता दिन विद्यमान सार्वजनिक खरिद ऐनका परम्परागत प्रावधानहरूको बाधा हटाउनुपर्ने आवश्यकता औंल्याए ।

विकास निर्माणको काममा जनपरिचालनको मोडालिटीको आवश्यकता रहेकोा उनले जनाए ।
कार्यक्रममा डा. विश्वम्भर प्याकुरेल र डा. खिमलाल देवकोटालगायतले पुँजीगत खर्चमा हुने गरेको समस्या समाधान गर्न आआफ्ना दृष्टिकोण प्रस्तुत गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !