२ भाद्र २०७९, बिहिबार

माउन्टेन इन्फ्रालाई एसियाकै पहिलो मानिएको नेपाली सुरुङ मार्गको पुनर्निर्माण ठेक्का

प्रकाशित मिति :  27 July, 2021 2:50 pm


काठमाडौ । माउन्टेन इन्फ्रा कम्पनीले एसियाकै पहिलो मानिएको नेपाली सुरुङ मार्गको पुनर्निर्माण ठेक्का पाएको छ ।

१०४ वर्षअघि राणा प्रधानमन्त्री चन्द्रशम्शेरको पालामा निर्माण भएको सो सुरुङ मार्गको पुनर्निर्माणको ठेक्का दिइएको हो ।

मकवानपुरलाई जोड्ने चुरियामाई सुरुङ मार्गको परियोजना बाग्मती प्रदेश अन्तर्गत तय भएको छ ।

बाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयले झण्डै पाँच करोड रुपियाँको अधिकतम् सीमाभित्रमा यो परियोजना सम्पन्न गर्ने निर्णय गरेको हो ।

यातायात पूर्वाधार निर्देशनालयका प्रमुख डा. सहदेवबहादुर भण्डारीले जानकारी दिए अनुसार मुख्यमन्त्री डोरमणि पौडेलले साउन १४ गते शिलान्यास गर्ने भएका हुन् ।

। प्रदेश दुईको बारा र बाग्मती प्रदेशको मकवानपुरलाई जोड्ने चुरियामाई सुरुङमार्ग राणा प्रधानमन्त्री चन्द्रशम्शेरको पालामा निर्माण भएको हो ।

त्यस समय नेपाल आएका भूगोलविद् टोनी हेगनले आफ्नो आत्मकथामा एसियामै कुनै सुरुङ नभएको लेखेकाले यो एसियाकै पहिलो सुरुङ मार्गको भएको मानिन्छ ।

विसं १९७४ मा चन्द्रशम्शेरले बनाउन लगाएको यो मार्ग ५०० मिटर लामो रहेको भएपनि हाल पहिरोले एकापट्टीको भाग पुरिएको छ ।
यो सुरुङ मार्गको २८० मिटरमात्र बाँकी रहेको छ ।



प्रतिक्रिया दिनुहोस !