१२ श्रावण २०८१, शनिबार

सुर्खेतको वीरेन्द्रनगर दिनभर तनावग्रस्त,कर्फ्यु जारी

प्रकाशित मिति :  28 January, 2020 7:05 pm


सुर्खेत,१४ माघ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर मंगलबार दिनभर तनावग्रस्त बनेपछि कर्फ्यु जारी गरिएको छ ।

  बिहान वीरेन्द्रनगर नगरपालिका-३ गौतमचोक नजिकै टिपरले किचेर एक युवकको मृत्यु भएपछि सुरु भएको आन्दोलन उग्र बनेपछि वीरेन्द्रनगर बजार क्षेत्रमा  स्थानीय प्रशासनले कर्फ्यु अादेश जारी गरेको हो ।

भे१प २१७८ नम्बरको मोटरसाइकलमा सवार कालीकोटका २१ वर्षीय केशरबहादुर सिंहलाई भे१ख २२४२ नम्बरको टिपरले किचेर मृत्यु भएपछि आफन्तले कर्णाली राजमार्ग बन्द गराएर आन्दोलन सुरु गरेका थिए ।

आन्दोलन उग्र बनेपछि नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल अश्रुग्याँस र हवाइ फायर गरेको छ । केही आन्दोलनकारी घाइते भएका छन् । आन्दोलनमा घुसपैठ भएकोले उग्र बनेको सहायक प्रमुख जिल्ला अधिकारी खड्काको दाबी छ । बेलुकी साढे ६ बजेदेखि लागू हुने गरी विहान ६ बजेसम्मका लागि जिल्ला प्रशासनले कर्फ्यु जारी गरेको छ ।
पूर्वतर्फको इत्राम, उत्तरतर्फको कपासे व्यारेक र पश्चिमको बाङ्गेसिमलसम्म कर्फ्यु जारी गरिएको प्रशासनले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !