६ जेष्ठ २०८१, आइतबार

आईपीओको तयारीमा रहेको राष्ट्र उत्थान लघुवित्त खुद नाफामा छलाङ

प्रकाशित मिति :  28 July, 2021 3:12 pm


काठमाडौं । आइपीओ निष्काशन गर्ने तयारीमा रहेको राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक मुनाफा छलाङ आएको छ ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले ४ करोड ९५ लाख ६९ हजार रुपैयाँ नाफा आर्जन गर्न गरेको छ ।

यो नाफा अघिल्लो वर्षको सोहि अवधिको तुलनामा २०० प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले १ करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यस्तै, कम्पनीको खुद ब्याज आम्दानी पनि ६७.९८ प्रतिशतले बढेर १८ करोड ६६ लाख रुपैयाँ पुगेको छ । कम्पनीले सोही अवधीमा अघिल्लो वर्ष ११ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यो अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि २७०.९२ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष २ करोड ७ लाख रुपैयाँ सञ्चालन मुनाफा रहेकोमा समीक्षा अवधिमा बढेर ७ करोड ७० लाख रुपैयाँ पुगेको छ ।
संस्थाको रिजर्भको आकार पनि ६५.४२ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष ७ करोड २७ लाख रुपैयाँ रहेको रिजर्भमा बढेर १२ करोड ३ लाख रुपैयाँ पुगेको छ।
त्यस्तै कम्पनीको हाल चुक्तापुँजी १७ करोड ५० लाख रुपैयाँ रहेको संस्थाको जगेडा कोषमा १२ करोड रुपैयाँ छ ।

त्यस्तै राष्ट्र उत्थान लघुवित्तले ८ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्दैछ । जसअनुसार संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ।

आईपीओ बिक्रीपछि संस्थाको चुक्तापुँजी २६ करोड रुपैयाँ पुग्नेछ ।हाल कम्पनीको सातै प्रदेशमा कुल ८५ शाखा रहेका छन्।

राष्ट्र उत्थानलाई आइपीओ क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी इस्यूआर बीबी’ रेटिङ दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ । साथै, यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता मध्यम जोखिम रहेको भन्ने पनि जनाउँछ ।



प्रतिक्रिया दिनुहोस !