१२ श्रावण २०८१, शनिबार

नेकपाको केन्द्रीय सदस्यमा शिवमाया तुम्बाहाङ्फे मनोनित

प्रकाशित मिति :  29 January, 2020 3:51 pm


k|ltlglw;efsf] pk;efd’vdf jfd u7aGwgaf6 lzjdfof t’DafxfDkm] pDd]bjf/L lbb} . c+ub 9sfn . sflGtk’/

१५ माघ, काठमाडौं ।
मंगलबार बसेको नेकपा सचिवालयको बैठकले निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई  केन्द्रीय सदस्यमा मनोनित  गरेको छ ।

निवर्तमान उपसभामुख रहेकी तुम्बाहाङफेले गत गत माघ ६ गते राजीनामा दिएकी थिइन् । तुम्बाहाङफे केन्द्रीय सदस्यमा मनोनित भएसँगै उनलाई आजबाट सुरु भएकाे केन्द्रीय समिति बैठकमा सहभागी हुने बाटो खुलेको छ ।

तुम्बाहाङ्फेले तत्कालीन एमालेको केन्द्रीय सदस्य थिइन् ।  उपसभामुख बनेपछि दलीय आबद्धता त्याग्नुपर्ने संवैधानिक प्रावधानअनुरूप उनले पार्टीको सदस्यता त्यागेकी थिइन् ।

गत असोजमा सभामुख रिक्त भएपछि त्यसकाे पूर्तिका लागि उनले नेकपाकै आग्रह अनुसार पदबाट राजीनामा गरेकी थिइन् । पार्टी आग्रहअनुसार राजीनामा गरेकी तुम्बाहाङ्फेले पुनः सक्रिय राजनीतिमा आउने इच्छा व्यक्त गरेपछि नेकपाले उनलाई केन्द्रीय  सदस्यमा मनोनित गरेको हो  ।



प्रतिक्रिया दिनुहोस !