१२ श्रावण २०८१, शनिबार

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को महाधिवेशन २०७७ चैतमा गर्ने प्रस्ताव

प्रकाशित मिति :  29 January, 2020 6:40 pm


काठमाडौं,१५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को महाधिवेशन २०७७ चैतमा गर्ने प्रस्ताव केन्द्रीय कमिटीको बैठकमा पेश भएको छ ।

बुधबार शुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्नु भएको राजनीतिक प्रतिवेदनमा महाधिवेशनको मिति २०७७ सालको चैत्रमा गर्ने प्रस्ताव गरिएको थियो ।

नेकपाको महाधिवेशन २०७७ चैत २५ देखि ३० गतेसम्म गर्ने प्रस्ताव पेश भएको केन्द्रीय सदस्य एंव प्रेस संगठन नेपालका केन्द्रीय संयोजक महेश्वर दाहालले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !