१५ चैत्र २०८०, बिहिबार

कोभिडको गलत सूचना दिने अस्ट्रेलियाको सबै भन्दा ठूलो मिडिया कम्पनी निलम्बित

प्रकाशित मिति :  1 August, 2021 5:43 pm


काठमाडौ । युट्युबले अस्ट्रेलियाको सबै भन्दा ठूलो मिडिया कम्पनी स्काइ न्युज अस्ट्रेलियाले कोभिडको गलत सूचना दिएको भन्दै युट्युबको प्लेटफर्ममा पोस्ट गर्न निलम्बन गरेको छ ।

स्काइ न्युजले कोभिड –१९को विषयमा निर्धारित नीतिलाई उल्लंघन गरी गलत सूचना दिएकोले यो प्रतिबन्ध लगाउनुका साथै उसका भिडियो पोस्टहरू हटाइएको युट्युबले जनाएको छ ।

अहिले एक साताका लागि यो निलम्बन जारी गरिएको छ। यो अवधिमा च्यानलको गतिविधि पुनरावलोकन गरी थप निर्णय लिइने छ ।

युट्युबमा स्काइ न्युजका १८लाख ६० हजार सब्सक्राइभरहरू रहेका आरटी डटकमले उल्लेख गरेको छ ।

युट्युबका प्रवक्ताले गार्डियन अस्ट्रेलियालाई कोभिड –१९को अस्तित्व नभएको जनाउने र मानिसहरूलाई हाइड्रोक्लोरोक्विन वा आभरमेक्टिन खाना हौस्याउने खालका विषयवस्तुलाई पोस्ट गर्न रोकिएको जनाएका छन् ।

युट्युबले निलम्बन गर्ने नीतिगतरूपमा सात दिने निलम्बन गरिने र ९० दिन भित्र यस्ता तीन चेतावनी भए त्यस्ता च्यानललाई सैदवका लाागि प्लेटफर्म उपलब्ध नगराउने गरी हटाइने गरिएको जनाएको छ ।

स्काइ न्युज अस्ट्रेलिया न्युज कोर्प अस्ट्रेलियाको सहयोगी कम्पनी हो । स्काइ न्युज अस्ट्रेलियाका डिजिटल एडिटर ज्याक हटनले बाधा पु-याउने आक्रमण भएको बताएका छन् ।

अस्ट्रेलियामा कोभिड लकडाउन र सो सम्बन्धी अन्य मापदण्डको विरोधमा प्रदर्शन भइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस !