२५ बैशाख २०८१, मंगलबार

कोरोना संक्रमण बढेपछि कक्षा १२ सहित सबै तहका परीक्षा स्थगित

प्रकाशित मिति :  2 August, 2021 3:23 pm


काठमाडौं । कोरोना भाइरसको संक्रमण झनै बढ्न थालेपछि कक्षा १२ सहित सबै तहको परीक्षा स्थगन गरिएको छ ।

कोरोना भाइरसको जोखिम झनै बढ्न थालेको भन्दै कक्षा १२ सहित विभिन्न विश्वविद्यालयका परीक्षा स्थगन गरिएको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिएका छन् ।

परीक्षा स्थगन गरिएपछि आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने विषयमा भने शिक्षा मन्त्रालयसँग छलफल चलिरहेको छ ।

कक्षा १२ को परीक्षा साउन ३१ गतेबाट भदौ ९ गतेसम्म हुने भनिएको थियो ।



प्रतिक्रिया दिनुहोस !