२४ बैशाख २०८१, सोमबार

५ एसपीको सरुवा, चितवनमा नान्ती राज गुरुङ

प्रकाशित मिति :  4 February, 2020 6:42 pm


काठमाडौ,२१ माघ ।

प्रहरी प्रधान कार्यालयले मंगलबार पाँच जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ ।चितवन सरुवा भए पनि विवादका कारण हाजिर हुन नगएकी एसपी गंगा पन्तलाई पर्सा जिल्लामा सरुवा गरिएको छ ।

चितवनमा प्रहरी तालिम केन्द्रबाट नान्तीराज गुरुङलाई सरुवा गरिएको छ । पर्साका एसपी सोमेन्द्रसिंह राठौर महानगरीय प्रहरी परीसर टेकुमा सरुवा भएका छन् ।

अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगबाट एसपी कृष्णप्रसाद पगेनी बारा सरुवा भएका छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसपी अशोक सिंहलाई प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखामा सरुवा गरिएको छ । सिंह रानीपोखरी दरबन्दी भए पनि महानगरीय प्रहरी परीसर काठमाडौंमा काजमा कार्यरत थिए  ।



प्रतिक्रिया दिनुहोस !