सानिमा लाईफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
प्रकाशित मिति : 8 August, 2021 12:52 pm
काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडकोको प्राथमिक सेयर आईपिओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले उक्त आईपिओ साउन २० गतेदेखि निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।
कम्पनीले सर्वसाधारणमा वितरण गर्न लागेको कुल रू। ६० करोड बराबरको ६० लाख कित्ता आईपीओमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनी कोषलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता सेयर सार्वजनिक निष्कासनमा ल्याएको हो ।
आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाटसँगै मेरो सेयर सफ्टवेयर तथा एप बाट समेत यो आईपीओेमा आवेदन दिन सकिनेछ ।








