१६ बैशाख २०८१, आइतबार

मैलुङ खोलाको आइपीओ पर्यो ? यसरी हेर्नुहोस् नतिजा

प्रकाशित मिति :  10 August, 2021 2:08 pm


काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले आज विहान ९ बजे बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडको कार्यालयमा साधारण सेयर आइपीओ बाँडफाँड सम्पन्न गरेको हो ।

कम्पनीले साउन १४ गते देखि साउन १९ गते सम्म ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण सेयर निष्काशन तथा बिक्री खुला गरेको थियो ।
उक्त आइपीओमा सर्वसाधारणलाई छुट्याएको ६ लाख ८४ हजार ७ सय ४६ कित्ता सेयर ६८ हजार ४ सय ७४ जनाले समान १० कित्ताका दरले प्राप्त गरेकाछन् भने १० कित्ता भन्दा बढिका लागि आवेदन दिने आवेदकहरु मध्यबाट ६ जनाले ११ कित्ता सेयर प्राप्त गरेका छन् ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।

जसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता सेयर सामूहिक लगानी कोषलाई र बाँकी ६ लाख ८४ हजार ७ सय ४६ कित्ताका लागि सर्वसाधारणलाई छुट्याएको छ
अन्तिम दिनसम्ममा कम्पनीको आईपीओमा २१ लाख १८ हजार ९२५ जनाले आवेदकले २ करोड ८४ लाख ४१ हजार ८ सय ४० कित्ताका लागि आवेदन दिएका थिए ।

यसरी हेर्नुहोस आइपीओको नतिजा

मैलुङ खोला आइपिओ बाँडफाँडको काम सम्पन्न भईसकेको सिद्धार्थ क्यापिटलले जनाएको छ । आईपीओको नतिजा सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको https://iporesult.cdsc.com.np नामक वेभसाइटबाट सिद्धार्थ क्यापिटल लिमिटेडको वेभसाइट https://www.siddharthacapital.com मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको वेभसाइट https://mailungkhola.com  र मेरो सेयरमा गई आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर त्यहाँबाट हेर्न सकिन्छ ।

तर आइपीओ बाँडफाँडको काम सकिएपनि उक्त डाटा सर्भरमा अपलोड गर्न समय लाग्ने हुँदा आइपीओ बाँडफाँड भएको ७/८ घण्टा पछि मात्रै नतिजा हेर्न सकिने क्यापिटलले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !