५ जेष्ठ २०८१, शनिबार

साल्ट ट्रेडिङ्गको खुद मुनाफा २४ प्रतिशतले घट्यो, प्रतिसेयर आम्दानी कति ?

प्रकाशित मिति :  10 August, 2021 2:56 pm


काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको गत आर्थिक वर्ष २०७७ ०७८मा कम्पनीको खुद नाफा २४ प्रतिशतले घटेको छ । कम्पनीले सार्वजनिक गरेको गत वर्षको चौथो त्रैमास सम्मकाको वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत वर्ष सोही अवधीको तुलनामा २४ प्रतिशतले घटेको हो ।

अघिल्लो आर्थिक वर्षमा ६ करोड ३२ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनी गत आर्थिक वर्षमा भने ४ करोड ७९ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २४.२२ प्रतिशतले कम हो ।

समिक्षा अवधिमा कम्पनीको बिक्रि आम्दानी भने केही बढेको छ । यो अवधिमा कम्पनीको बिक्रि आम्दानी १० अर्ब ४० करोड ३५ लाख पुगेको छ जुन गत आर्थिक बर्षमा ९ अर्ब ७४ करोड १५ लाख रुपैयाँमा सिमित थियो ।

त्यस्तै २३ करोड ४ लाख रुपैयाँ चुक्त पुँजी पुगेको उ्रक्त कम्पनीको जगेडा कोष २.२७ प्रतिशतले बढेको छ । अहिले १ अर्ब ३२ करोड ८१ लाख रुपैयाँको जगेडा कोष रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ ४५५ रुपैयाँ ५७ पैसा रहेको छ भने प्रतिसेयर आम्दानी १२ रुपैयाँ १४ पैसा घटेर २० रुपैयाँ ८० पैसामा खुम्चिएको छ । त्यस्तै मूल्य आम्दानी अनूपात (पीई रेसियो) ४७३.५९ गुणा रहेको छ ।



प्रतिक्रिया दिनुहोस !