६ कार्तिक २०८१, मंगलबार

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका व्यवसायिक सटरमा डोजर चलाईयो

प्रकाशित मिति :  6 February, 2020 9:15 am


काठमाण्डाै, २२ माघ ।  सरकारले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका व्यवसायिक सटरमा डोजर चलाएको छ ।

प्रदेश सरकारले अस्पतालको विकाससँगै प्रदेश गौरवको आयोजनाको रूपमा अगाडि बढाउन भन्दै व्यवसायिक सटर हटाउन लागेको हो ।

पटक-पटक सूचना प्रकाशित गरेर सटर खाली गर्न व्यवसायीलाई आग्रह गरेपनि अटेर गरेपछि अस्पतालका ७३ वटा सटरमा बिहिवार बिहानै डोजर लगाईएको हो ।

जिल्ला अदालत रुपन्देहीमा परेको मुद्दा उपर अदालतले सटर भत्काउन बाटो खुलाएसँगै अस्पताल बिकास समितिले बुधवार राति १२ बजेसम्म २४ घण्टे समयसिमा दिएको थियो ।
तोकिएको समयमापनि व्यवसायीहरूले सटर खालि गर्न आनाकानी गरेपछि डोजर चलाइएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए ।

एकाबिहानै डोजर सटर भत्काउन पुगेपछि व्यवसायीहरु तितरबितर भएका थिए। उनीहरुले सामानहरु सुरक्षित गर्न नपाएको गुनासो गरेका छन्।



प्रतिक्रिया दिनुहोस !