१६ बैशाख २०८१, आइतबार

भोलि बिहान ११ बजे सानिमा लाइफको आइपीओ बाँडफाँड हुने

प्रकाशित मिति :  13 August, 2021 1:55 pm


काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडको आइपीओ भोली बाँडफाँड हुने भएको छ । भोलि शनिबार विहान ११ बजे सानिमा लाइफको इन्स्योरेन्सको कार्यालय दरबारमार्गमा बाँडफाँड हुने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।

कम्पनीले गत साउन २० गतेदेखि साउन २४ गतेसम्म १०० अंकित दरका कुल ६० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। जसमध्ये ३ लाख कित्ता सेयर कर्मचारीका लागि र  ३ लाख कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ५४ लाख कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिएका छन्।

यो आईपीओमा हालसम्मकै सर्वाधिक आवेदन परेको छ । साउन २४ गते साँझसम्म २४ लाख १९ हजार १२७ आवेदकबाट कुल ३ करोड ६९ लाख ४३ हजार ४४० कित्ता खरिदका लागि आवेदन परेको छ । जुन मागभन्दा ६.८४ गुणा बढी आवेदन परेको हो ।



प्रतिक्रिया दिनुहोस !