६ जेष्ठ २०८१, आइतबार

आजदेखि तेह्रथुम पावर कम्पनीको आईपीओ निष्काशन

प्रकाशित मिति :  25 August, 2021 12:56 pm


काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारण्का लागि साधारण सेयर आइपीओ निष्काशन गरेको छ । कम्पनीले आज भदौ ९ गतेदेखि ९ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सेयर सर्वसाधरणको लागि निष्काशन गरेको हो ।

कम्पनीले बिक्रीमा ल्यएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने ७ लाख ४४ हजार कित्ता शेयरको लागि मात्रै सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।

कम्पनीले निष्काशन गेरको शेयरमा भदौ १३ गतेसम्ममा आवेदन दिन सकिनेछ । त्यस अवधिसम्ममा माग अनुसार आवेदन नपरे भदौ २३ गतेसम्म म्याद थप हुने कम्पनीले जनाएको छ ।

उक्त आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईविएल एस क्यापिटललाई नियुक्त गरेको छ ।कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।

कम्पनीले यसअघि पहिलो चरणमा आयोजना प्रभावित स्थानियको लागि ४ करोड रुपैयाँ बराबरको आइपीओ बिक्री गरिसकेको छ । हाल दोस्रो चरणमा बिक्रीमा ल्याएको आइपीओमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

हाल कम्पनीको चुक्ता पूँजी २८ करोड रुपैयाँ रहेको छ । स्थानियलाई ४ करोड रुपैयाँ र सर्वसाधारणलाई ८ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता ४० करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले निष्काशन गरेको आईपीओलाई इक्रा नेपालले इक्राएनपि आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम कर्जा जोखिम रहेको जनाउँदछ ।

इक्रा नेपालले कम्पनीको आईपीओलाई सन् २०२१ जनवरी ४ मा ग्रेड प्रदान गरेको थियो। उक्त ग्रेडिङ्गको अवधि जारी भएको मितिबाट एक वर्षसम्म रहनेछ ।



प्रतिक्रिया दिनुहोस !