१२ श्रावण २०८१, शनिबार

ललितपुरमा पूर्वसचिव अर्जुन कार्कीकी पत्नीको हत्या प्रयास, कामदार चौधरीले गरे आत्महत्या

प्रकाशित मिति :  10 February, 2020 12:48 pm


‍ काठमाडौं, २७माघ ।

ललितपुरको सानेपामा पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको हत्या प्रयास गरिएको छ ।

सोमबार बिहान सानेपास्थित निवासमै मुनाको हत्या प्रयास भएको महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले बताएका छन् ।

उनले भने, ‘उहाँको अवस्था गम्भिर छ । हामी अस्पताल लाँदैछौं ।घरमा कामदार विशेष चौधरीले पनि आत्महत्या गरेका छन् ।अहिले अपराध स्थलमा फरेन्सिक विज्ञको टोली पठाइँदैछ । घटनामा कसले र किन गरायो भन्ने खुलेको छैन । घटनामा प्रयोग भएको हतियारबारे पनि प्रहरीले खुलाएको छैन

ललितपुरका डीएसपी सन्तोष तामाङले भने, कुनै हतियार प्रयोग भएको थियो भन्ने खोजिगरिराखेका छौ ।



प्रतिक्रिया दिनुहोस !