२५ बैशाख २०८१, मंगलबार

तनहुँमा वडा सदस्य र इञ्जिनियर घुससहित पक्राउ

प्रकाशित मिति :  11 February, 2020 10:27 am


काठमाडौ, २८ माघ ।

तनहँुको भानु नगरपालिकाका इञ्जिनियर सुकदेव अधिकारी र वडा नम्बर १३ का सदस्य कृष्णबहादुर अधिकारी घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराबाट खटिएको टोलीले इञ्जिनीयर अधिकारी र वडासदस्य अधिकारीलाई साेमबार ७५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

वडा सदस्य अधिकारीमार्फत इञ्जिनियर अधिकारीले विद्यालयको भवन निर्माण सम्पन्न गरी भुक्तानी सिफारिस/कार्यसम्पन्न प्रतिवेदन बनाइदिएको समेत विभिन्न बहानामा घुस माग गरिरहेको भन्ने सूचना एवं कार्यालयमा प्राप्त उजुरीका आधारमा दुवै जनालाई नगरपालिकाको कार्यालय परिसरबाटै पक्राउ गरिएकाे हाे ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराका प्रवक्ता मेघनाथ रिजालले उनीहरुविरुद्ध अनुसन्धान भइरहेकाे जानकारी दिनुभयो ।



प्रतिक्रिया दिनुहोस !