१९ बैशाख २०८१, बुधबार

कोरोना भाइरसको संक्रमणबाट मूत्युहुनेको संख्या एक हजार नाग्यो, राष्ट्रपति सी जिनपिङद्वारा अस्पताल निरिक्षण

प्रकाशित मिति :  11 February, 2020 12:26 pm


काठमाडौ, २८माघ ।

चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार नाघेको छ।हुवई प्रान्तमा सोमबार करिब १०३ संक्रमित मानिसको मृत्युसँगै भाइसबाट मर्नेको संख्या एक हजार १६ पुगेको चिनियाँ अधिकारीहरुले बताएका छन्।

भाइरसबाट चीनमा मात्रै ४२ हजार ६ सयभन्दा धेरै मानिस संक्रमित भएका छन्। चीनबाहेक अन्य दुई दर्जन राष्ट्रहरुमा भाइरसको असर देखिएको छ। चीनबाहिर फिलिपिन्समा कोरोना भाइरसबाट संक्रमित एक व्यक्तिको मृत्यु भइसकेको छ।

जापानको एक पानी जहाजलाई नै क्वारान्टाइनमा राखिएको छ। डायमण्ड प्रिन्सेस क्रुज सिपमामा रहेका १ सय ३५ जनामा भाइरसको संक्रमण देखिएपछि जहाजलाई नै निगरानीमा राखिएको हो। जहाजमा ३ हजार ७०० यात्रु थिए।

भाइरसको संक्रमण बढेसँगै चीन सरकारले भाइरस नियन्त्रणका लागि प्रयास गरिरहेको जनाउँदै आएको छ। यसैबीच चिनियाँ राष्ट्रपति सि जिनपिङले कोरोनन भाइरस संक्रमितहरुको उपचार भइरहेको अस्पतालको निरिक्षण गरेका छन्। भाइरसको आउटब्रेकपछि सीले कोरोना प्रभावित क्षेत्रको भ्रमण गरेको यो पहिलोपटक हो।

बेइजिङमा रहेको एक स्थानीय अस्पताल पुगेर उनले संक्रमितहरुको उपचारका बारेमा जानकारी लिएका हुन्। अस्पताल पुगेका सीले सर्जिकल मास्क लगाउनुका साथै आफ्नो शरीरको तापक्रम चेक थिए।निरीक्षण पछि भिडियो सन्देश दिँदै उनले भने,’ यस महामारी विरुद्ध जित्न सक्छौं भन्ने विश्वास हामीमा हुनुपर्छ।’

सीले भाइरस नियन्त्रणमा लिनका लागि सक्दो सबै प्रयास गर्ने भन्दै चीनले लिएको आर्थिक र सामाजिक विकासको लक्ष्य पूरा गरेर छाड्ने बताए।एजेन्सी ।



प्रतिक्रिया दिनुहोस !