६ जेष्ठ २०८१, आइतबार

तेह्रथुम पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

प्रकाशित मिति :  29 August, 2021 1:32 pm


काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर आईपीओमा आवेदन दिने आइतबार आज अन्तिम दिन रहेको छ ।

कम्पनीले भदौ ९ गतदेखि सर्वसाधारणहरुका लागि जारी पूँजीको ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता म्युचुअल फन्डलाई, २ प्रतिशत अर्थात् १६ हजार कित्ता कर्मचारीहरूलाई सुरक्षित गरिएको छ भने बाँकी रहेको ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई छुट्याइएको छ ।

लगानीकर्ताले आईपीओमा न्यूनतम १० कित्ता देखि अधिकतममा ६० हजार कित्ताका लागि आवेदन सक्नेछन् । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताहरुले धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट तथा सीडीएस एन्ड क्लियरिङद्वारा सञ्चालित मेरो सेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस !