६ जेष्ठ २०८१, आइतबार

सानिमा लाइफको आईपीओ लगानीकर्ताको डिम्याटमा जम्मा

प्रकाशित मिति :  30 August, 2021 12:45 pm


काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आइपीओ (सेयर) लगानीकर्ताको डिम्याट खातामा जम्मा भएको छ । आइतबार ५ लाख ४० हजार लगानीकर्ताको डिम्याट खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ ।

सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्राथमिक शेयर (आईपीओ) गोलाप्रथाबाट शेयर प्राप्त गरेका ५ लाख ४० हजार लगानीकर्ताको डिम्याट खातामा जम्मा भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकरण सम्झौता भएको दोस्रो दिनबाट कम्पनीको आईपीओ दोश्रो बजारमा कारोबारका लागि योग्य हुनेछ ।

अहिले कम्पनीको आइपीओ सूचिकरणको अन्तिम चरणमा रहेको हुँदा यसै सातादेखि कारोबारमा आउने नेप्सेले जनाएको छ ।

सानिमा लाईफले साउन २० देखि २४ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेमा कर्मचारीहरुलाई र सामूहिक लगानी कोषहरुलाई ३।३ लाख कित्ता छुट्टाएर बाँकी ५४ लाख कित्ता सर्वसाधारणमा बिक्री गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !