९ आश्विन २०७८, शनिबार

मानिसकाे पेटमा पनि दिमाग हुन्छ, यस्ताे छ ‘सेकेन्ड ब्रेन’ काे वास्तविकता

प्रकाशित मिति :  १४ भाद्र २०७८, सोमबार १४:१४


काठमाडौं । सुन्दा अनौठो लाग्न सक्छ मानिसको पेटमा पनि छु्ट्टै मस्तिष्क प्रणाली हुन्छ भनेर । तर यो सत्य हो । वैज्ञानिकहरुले यो कुरा प्रमाणित गरेका छन् ।

मानिसको आन्द्रामा दाेस्राे मष्तिष्क प्रणाली रहेकाे वैज्ञानिकहरूले फेला पारेका हुन् । वैज्ञानिकहरूले पत्ता लगाएको ‘सेकेन्ड ब्रेन’ मानिसको आन्द्रामा रहेको पाइएकाे ।

वैज्ञानिकहरूले लामाे समयदेखि यस विषयमा अध्ययन गरिरहेका छन् भने पछिल्लाे समयमा थप नयाँ तथ्य फेला परेका हुन् ।

आन्द्राकाे नसा प्रणाली (इन्टेरिक नर्भस सिस्टम वा ईएनएस) लाई अर्को मष्तिष्क भनिन्छ । अहिलेसम्म खप्पर भित्रको भागलाई मष्तिष्क मानिदै आइएकाे छ । ईएनएसबारे गरिएको अनुसन्धान सन् २०२१ को अगस्टमा प्रकाशित अनुसन्धान प्रतिवेदनले थप नयाँ तथ्य बाहिर ल्याएकाे छ ।

प्रकाशित अनुसन्धान प्रतिवेदनका अनुसार अर्को भनेको ईएनएस नसा तंत्र सञ्जाल मानव शरीर भरि रहेको छ । साथै यसमा मष्तिष्क र मेरुदण्डमा पाइने नसा तन्त्र समेत रहेका छन् ।

ईएनएस वा एन्टेरिक नर्भस सिस्टम आमाशय प्रणालीको पर्खालमा पाइने नसा तन्त्रको एक सञ्जाल हो । यो सञ्जाल मलद्वारदेखि पेट हुँदै घाँटीको खाना नलीसमेतलाई जोडेको हुन्छ । मेरुदण्डमा रहने नसा तन्त्र भन्दा बढी नसातन्त्र ईएनएसमा रहेको छ ।

यो प्रणालीको मुख्य काम भनेको पेट जाने खाने कुरा वा वस्तुलाई चलायमान बनाइ राख्नु हो । पाचन प्रणाली भित्रका खाना र पानीलाई चलायमान गराउने काम यहाँ हुने गर्छ । यसाे हुनलाई मांशपेशीमा हुने खुम्चाइ र फुकाइले यो धक्कालाई बल दिने गर्छ । यस प्रकार विभिन्न किसिमका आन्दाहरू मिलेर पोषण तत्व बढी भन्दा बढी सोस्छन् ।

पाचन प्रणालीमा हुने गतिविधिलाई सहयोग गर्नुको साथै ईएनएसले रक्त प्रवाह, लस्सादर पदार्थको उत्सर्जन र रोगप्रतिरोधी प्रणालीको विकासमा महत्वपूर्ण कार्य गर्छ । पार्किन्सन जस्ता रोगसमेत  केही नसातन्त्रसम्बन्धी रोग ( न्युरोडिजेनरेटिभ इलनेस)को विकाससँग ईएनएस जोडिन्छ । समग्र पाचन प्रणालीलाई प्रभावित गर्ने आमाशयमा उत्पन्न हुने हार्मेानका लागि ईएनएस प्रणाली जिम्मेवार हुन्छ ।

पेटकाे मस्तिष्क प्रणालीले शरीरका लागि आवश्यक हुने पोषण तत्व र हानी गर्ने सरुवा जन्तु तथा सूक्ष्म जन्तु बीचको फरक छुट्टयाउने काम गर्न सक्छ ।  पोषण तत्वलाई शरीरमा सोस्न लगाउँछ भने हानिकारक  शुक्ष्म जीवाणु/विषाणु लाई शरीर बाहिर निकाल्न लगाउँछ ।

ईएनएसले नसा प्रणालीले गर्ने शरीर भित्रका अधिकांश काम गर्न सक्छ । केन्द्रीय नसा प्रणाली वा सेन्ट्रल नर्भस सिस्टम जसमा मष्तिष्क तथा मेरुदण्ड जोडिएको हुन्छ त्यसले गर्ने गर्ने काम भन्दा फरक ढङ्गले स्वतन्त्ररूपमा आफ्नो काम गर्छ ।

याे दुई कनेक्सनको एक नेटवर्क हो । यसको अर्थ भनेको सेन्ट्रल नर्भस सिस्टमबाट पाइने संकेतमा निर्भर भएर गर्ने काम भन्दा पनि ईएनएसले स्वायत्तरूपमा काम गर्न सक्छ भन्ने हो । आन्द्रा प्रणालीको कार्यलाई नियन्त्र गर्ने क्षमता भएकाले यसको उपनाम दोस्रो मष्तिष्क वा सेकेन्ड ब्रेन भनिएको हो । दुई कान बीचका मष्तिष्क भन्दा फरक ढङ्गले ईएनएस स्थानीय रूपमा नियन्त्रिण हुन्छ ।

यो नयाँ अनुसन्धान अस्ट्रेलियाको फ्लिन्डर्स युनिभर्सिटीका प्रोफेसर निक स्पेन्सरको अगुवाइमा भएको हो । स्पेन्सरले विद्युतीय गतिविधिको व्याख्या उच्च रेस्युलसनमा भिडियो संयोजनमा आधारित भइ मुसामा अध्ययन गरे । यो अध्ययन कम्युनिकेसन बायोलोजिमा प्रकाशित भएको छ।

अध्ययन अनुसार ईएनएस भित्र नसा सञ्जालले एक आपसमा कसरी संवाद गर्छ र एक अर्कालाई कसरी सहयोग गर्छ, क्रियाकलाप गर्छ त्यसलाई प्रष्ट पार्छ । ईएनएस मष्तिष्क भन्दा पुरानो हुने भएकोले यसलाई दोस्रो भन्दा पनि पहिलो ब्रेन भन्नुपर्ने अनुसन्धानकर्ताहरूको दाबी छ ।

 



प्रतिक्रिया दिनुहोस !