१८ बैशाख २०८१, मंगलबार

विश्व स्वास्थ्य संगठनका महानिर्देशकसहितको टोली नेपाल आउँदै

प्रकाशित मिति :  3 September, 2021 7:01 pm


काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का उच्च पदाधिकारीहरूसहितको टोलीको अगुवाइ गर्दै महानिर्देशक डा. टेड्रोस अधानाम गेब्रेयेसेस आगामी साता नेपाल आउन लागेका छन् ।

नेपालमा आयोजना हुने विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एसियाको चौहत्तरौं सत्र तथा डब्लुएचओ क्षेत्रीय कार्यकारी समितिको वार्षिक बैठकमा भाग लिन टेड्रोससहितको टोली काठमाडौं आउन लागेको हो । भदौ २१ देखि २५ सम्म यो बैठकको आयोजना हुन लागेको हो ।

डब्लुएचओको दक्षिण पूर्वी एसियाली कार्यालयले शुक्रबार विज्ञप्ति जारी गरी कार्यक्रमबारे जानकारी गराएकाे छ । सो बैठकमा क्षेत्रीय निर्देशक पुनम खेत्रपाल सिंह, क्षेत्रीय सदस्य मुलुकका स्वास्थ्यमन्त्री तथा स्वास्थ्य अधिकारीहरु, राष्ट्रसंघीय साझेदार, दातृ निकाय तथा नागरिक समाजका प्रतिनिधि सहभागी हुने विज्ञप्तिमा जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस !