२२ बैशाख २०८१, शनिबार

गृहमन्त्री थापालाई भेट्न आईजीपी ज्ञवाली गृहमन्न्रालयमा

प्रकाशित मिति :  12 February, 2020 4:27 pm


काठमाडौ, २९ माघ ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीलाई सफल कार्यकालको शुभकामना दिएका छन् ।

प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाट महानिरीक्षक (आईजीपी) मा बढुवा भएपछि ज्ञवाली बुधबार दिउँसो गृहमन्त्री थापालाई भेट्न सिंहदरबारस्थित गृह मन्त्रालय पुगेका थिए । यसअघि उनलाई गृहसचिव महेश्वर न्यौपानेले दर्ज्यानी चिन्न लगाइदिएका छन् ।

गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईका अनुसार भेटमा थापाले राज्यले विश्वास गरेर ज्ञवालीलाई जिम्मेवारी दिएको बताएका छन् । साथै, ज्ञवालीले इमान्दारितापूर्वक जिम्मेवारी निर्वाह गर्ने पनि गृहमन्त्री थापाले विश्वास लिएको बताएका छन् ।

‘चुनौतीहरु थुप्रै छन्, कतिपय काम पूरा गर्न बाँकी छन्, ती सफलतापूर्वक सम्पन्न गर्नुहुनेछ भन्ने अपेक्षा छ’, थापाको भनाइलाई उदृत गर्दै भट्टराईले भने, ‘गृहमन्त्रीका रुपमा तपाईंलाई पूर्ण सहयोग हुनेछ ।’

थापाले सहकर्मीहरुलाई साथमा लिएर एकतावद्ध भएर काम गर्न पनि निर्देशन दिएका छन् । ‘तपाईंको कार्यकालको समय थोरै छ, तर इच्छाशक्ति देखाउनुभयो भने पाँच वर्षमा हुन नसकेका काम पाँच महिनामा गर्न सकिन्छ’, थापाले ज्ञवालीलाई भनेका छन् ।

 



प्रतिक्रिया दिनुहोस !