काठमाडौं उपत्यकामा सरकारले सुपथ मूल्यमा खाना खुवाउने
प्रकाशित मिति : 10 September, 2021 6:33 pm
काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा सुपथ र सुलभ खाना पसल खोल्ने भएको छ ।
शहरका विपन्न नागरिकहरूलाई सुपथ मूल्यमा खाना खुवाउने व्यवस्था गरिने योजना प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारका अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार प्रस्तुत गरेको प्रतिष्ठापन विधेयकमा उललेख गरिएको छ ।
सो प्रतिष्ठापन विधेयकको ३६औं बुँदामा भनिएको छ ।“शहरी विपन्न नागरिकहरूको लागि सामाजिक संस्थाको सहकार्यमा काठमाडौं उपत्यकाको कम्तीमा १० स्थानमा सुपथ र सुलभ खानाको व्यवस्था गरिनेछ ।”








