९ आश्विन २०७८, शनिबार

प्रेममा छँदा खिचेको प्रेमिकाको अश्लिल भिडियो विछाेडपछि फेसबुुकमा सार्वजनिक गर्ने पक्राउ

प्रकाशित मिति :  २८ भाद्र २०७८, सोमबार १९:०२


काठमाडौं । प्रेम सम्बन्धमा रहेको समयमा खिचिएको आफ्नो प्रेमिकाको अश्लिल फोटो र भिडियोहरु प्रेमिकासँग विवाद भएपछि सामाजिक संजालमा पोष्ट गर्ने एक युवक पक्राउ परेका छन् ।

दोलखा बैतेश्वर गाँउपालिका वडा नं ८ घर भई हाल जिल्ला काठमाडौं टोखा, धनेश्वर बस्ने बर्ष २३ का सुजन जिरेलले प्रेमिकासँग विछोड भएपछि मोबाईल समेत खोसेको र मोबाइलमा रहेको अश्लिल फोटो र भिडियो इस्न्टाग्राम र फेसबुकमा पोष्ट गरेका थिए ।

काभ्रे पाँचखालमा लुकिछीपि बसेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेसँगको समन्वयमा आइतबार पाँचखालबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

जिरेललाई विद्युतिय कारोबार ऐन अनुरुप सोमबार मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !