१२ श्रावण २०८१, शनिबार

दुर्घटनामा नायिका महिमा सिलवाल र वहिनीको मृत्यु

प्रकाशित मिति :  13 February, 2020 10:41 am


 

काठमाडाैं, १ फागुन। धादिङमा भएको स्कुटर दुर्घटनामा नायिका महिमा सिलवाल र उनको वहिनीको मृत्यु भएको छ।

काठमाडौंबाट चितवन जानेक्रममा महिमाले चलाएको बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई भैरहवाबाट काठमाडौं आइरहेको लु २ ख १३५ नम्बरको बसले ठक्कर दिँदा महिमा र उनकी बहिनी शर्मिला सिलवालको मृत्यु भएको गजुरी इलाका प्रहरी कार्यालयका डीएसपी खगेन्द्रराज खड्काले जानकारी दिए ।

महिमा र उनकी बहिनी भरतपुर महानगरपालिका–१२ शिवनगरमा रहेको घरमा जादै थिए ।

बुधबार साँझ पौने छ बजे  गजुरी गाउँपालिका, वडा नम्बर २ चाम्बासमा स्कुटरलाई बसले ठक्कर दिएको हो ।

महिमाको उपचारका क्रममा गजुरी स्वास्थ्य केन्द्रमा निधन भएको र शर्मिलाको उपचारका क्रममा ट्रमा सेन्टर काठमाडौंमा निधन भएको हो। उनले बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।

‘कारवाही’ सिनेमाबाट नेपाली सिनेमामा डेब्यू गरेकी अभिनेत्री महिमाले ‘अप्रिल फुल’, ‘चियर्स’, ‘दानव’, ‘जिग्लो’ आदि सिनेमामा अभिनय गरेकी छिन्।



प्रतिक्रिया दिनुहोस !