१४ बैशाख २०८१, शुक्रबार

जनयुद्ध दिवसमा प्रधानमन्त्री ओली सहभागि भएनन्, प्रचण्डले भने,’जनयुद्धलाई निरन्तरता दिएको भए सकिने थियौँ ‘

प्रकाशित मिति :  13 February, 2020 1:01 pm


काठमाडाै, १ फागुन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र उसका भ्रातृ संगठनहरुले बिभिन्न कार्यक्रम गरी बिहीबार २५ औं जनयुद्ध दिवस मनाईरहेका छन् ।

  

नेकपा केन्द्रीय कार्यालयको आयोजनामा पार्टी कार्यालय धुम्बाराहीमा आयोजना गरिएको श्रद्धाञ्जलीसभा कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहभागी छन् ।  कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने भनिए पनि ओली सहभागी भएनन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष प्रचण्डले अब जनयुद्धको नक्कल गरेर विद्रोह सम्भव नहुने दाबी गरर ।
प्रचण्डले जनयुद्ध र विद्रोह एक ऐतिहासिक तथा विशिष्ट परिस्थितिमा जनताको आवश्यकता र नेतृत्वको सही विचारका आधारमा हुने तर्क गर्दै अब जनयुद्धको नक्कल हुन नसक्ने दाबी गरेका हुन् ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीप्रति सङ्केत गर्दै प्रचण्डले भने, ‘एकथरि साथीहरु फेरि विद्रोहतिर लाग्नुभएको छ, तर हामीले सबै परिस्थिति र विश्व अनुभवको समीक्षा गरेर शान्ति प्रक्रियामा आएर मौलिक तरिकाको जनवादी क्रान्तिमा सामेल भएका हौँ, जनयुद्धलाई निरन्तरता दिएको भए हामी पेरु वा श्रीलङ्काको विद्रोहजस्तै सकिने थियौँ, हामीले कम्युनिष्टहरुबीचको सहकार्यसहित बुर्जुवाको साथ लिएर गणतन्त्र स्थापना गरेका छौँ ।’

विश्व कम्युनिष्ट आन्दोलनका उपलब्धि र क्षतिका अनुभवबारे चर्चा गर्दै प्रचण्डले क्रान्ति कुनै आयात या निर्यात गर्ने विषय नभएकाले यसलाई हरेक देशको ऐतिहासिक आवश्यकता र मौलिकताका आधारमा हेर्न आग्रह गरे ।

अध्यक्ष प्रचण्डले कम्युनिष्टहरु सत्तामा पुगेपछि विचलन हुने रोगबाट माथि उठ्नु पर्नेमा जोड दिए । जनताको मनोभावनालाई आत्मसात् गर्दै त्याग, समर्पण र बलिदानको भावनाका साथ शान्तिपूर्ण सङ्घर्ष, विकास र समृद्धिबाट वैज्ञानिक समाजवादको दिशामा अघि बढ्न नेता–कार्यकर्तालाई आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस !