१ जेष्ठ २०८१, मंगलबार

१८ लाख ७५ हजार रुपैयाँसहित ३ जना जुवाडे पक्राउ

प्रकाशित मिति :  23 September, 2021 11:27 am


काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ७ हरहममहादेवबाट १८ लाख ७५ हजार रुपैयाँसहित ३ जना जुवाडे पक्राउ परेका छन् ।

स्थानीय कमल दाहालको घरबाट १८ लाख ७५ हजार ५ सय रुपैयाँ र ७ बुक ताससहित ३ जनालाई गएराति पक्राउ गरिएको महानगरीय प्रहरी प्रभाग काँडाघारीले जनाएको छ ।

प्रभाग काँडाघारीबाट खटिएको प्रहरी टोलीले खुवा खेलीरहेको टोलीलाई पक्राउ गरेको थियो । उनीहरूको साथबाट विभिन्न क्वाइनपनि बरामद गरिएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !