१ जेष्ठ २०८१, मंगलबार

नेकपा एकीकृत समाजवादीले पदाधिकारीको नाम टुंग्यायो,महासचिवमा भुसाल र सचिवमा झाँक्री

प्रकाशित मिति :  23 September, 2021 11:36 am


काठमाडौं । नेकपा एकीकृत समाजवादीले पदाधिकारीको टुंगो लगाएको छ । केन्द्रीय कमिटी बैठकमा पेश गर्नेगरी नेकपा समाजवादीले पदाधिकारीको नाममा सहमति जुटाएको हो ।

नेकपा समाजवादीले उपाध्यक्षमा राजेन्द्र पाण्डे,प्रमेश हमाल,धर्मनाथ साह र जयन्ती राईको नाम तय भएको छ भने महासचिवमा बेदुराम भुसालको नाम टुंगिएको छ ।

उपमहासचिव,विजय पौडेल,गंगालाल तुलाधर र प्रकाश ज्वालाको नाम प्रस्ताव गर्ने तय भएको एक नेताले जानकारी दिए ।

यस्तै सचिवमा जगन्नाथ खतिवडा, रामकुमारी झाँक्री, केशवलाल श्रेष्ठ, र नागेन्द्र चौधरीको नाम केन्द्रीय कमिटीमा प्रस्ताव गर्ने गरि सहमति जुटको हो ।

एकीकृत समाजवादीको अन्तरिम विधानमा १ जना अध्यक्ष, वरिष्ठ नेता १,उपाध्यक्ष ७, महासचिव १,उपमहासचिव २ र सचिव ७ सहित १७ जना पदाधिकारीको व्यवस्था छ भने ११५ जना पूर्ण र ३६ बैकल्पिक गरी १५१ सदस्यीय रहने व्यवस्था गरिएको छ ।

त्यस्तै केन्द्रीय कमिटीभित्र केन्द्रीय पदाधिकारी र स्थायी कमिटी सदस्यसहित ५१ सदस्यीय पोलिटब्युरो र पदाधिकारीसहित २१ सदस्यीय स्थायी कमिटी रहने अन्तरिम विधानमा उल्लेख छ ।

महासचिवमा मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधार, विजय पौडेलले पनि आकांक्षा राखेका थिए । तर भुसाललाई महासचिव बनाउँदै आकांक्षी नेतालाई अन्य पदमा व्यवस्थापन गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !